डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी

sawari chalak dadeldhura

बिमल जैरु
डडेल्धुरा,  २८ फागुन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमती पत्र लाइसेन्स निकाल्न सकिने भएपछि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ । डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयले जिल्लामै सावारी अनुमतिको परीक्षा सञ्चालनको लागि तयारी अगाडि बढाएको छ । अनुमति पत्र वितरण गर्ने भएपछि जिल्लाका नागरिकहरुलाई सहज हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लाका लागि अब सवारी चालक अनुमतिपत्र डडेल्धुराबाट दिइने तयारी गरिएको छ । पहिले नविकरण मात्रै गर्दै आएको कार्यालयबाट अब नयाँ चालक अनुमति पत्रकै लागि सबै कार्य डडेल्धुरामा खोलिएको यातायात व्यवस्था सेवा कार्यालयले नै गर्नेछ ।

डडेल्धुराका नागरिकहरु सवारी चालक अनुमति पत्र लिन कैलाली वा कञ्चनपुर नै पुग्नु पर्ने बाध्यताको अब यसले अन्त्य गर्नेछ । सुदूरपश्चिमका स्थानीयका लागि सवारी अनुमति पत्रदेखि त्यसकालागि आवश्यक सबै परीक्षा र वितरण त्यहीबाटै हुनेछ । यसअघि कंचनपुर र कैलाली जानुपर्ने बाध्यता थियो ।

डडेल्धुराका नागरिकहरुले सवारी चालक अनुमती पत्रका लागि सुरुमा फोटो खिच्न समेत कैलाली वा कञ्चनपुर जानुपर्दथ्यो । लिखित परीक्षा र ट्रायल परीक्षा दिनसमेत पटक पटक उतै बाध्यताको बाध्यताको अन्त्य भएपछि सुदूरपश्चिमेली जनतामा खुशी छाएको छ । यस अघि सवारी चालक अनुमती पत्र नविकरण, सवारी दर्ता (ब्लु बुक) नविकरण सेवा, सवारी जाँचपास सेवा शुरु गरेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले अब निर्माणाधिन ट्रायल सेन्टर भाडामा लिई लाइसेन्स वितरण गर्ने डडेल्धुराका यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।

करीब एक करोडको लागतमा तीन महिना अगाडिदेखि ट्रायल सेन्टरको निर्माण कार्यलाई चैतसम्म सकाउने गतिमा काम भईरहेको छ । सवारी चालक अनुमती पत्र वितरण सेवा सुरु भएपछि डडेल्धुराका स्थानीय लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला बैतडी, बझाङ्ग, दार्चुला, बाजुरा, डोटी, अछामवासीलाई समेत सहज हुने भएको छ । यस्तो व्यवस्थाले विकेन्द्रित विकासमा टेवा पु¥याउने विज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);