लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र सेवा शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र सेवा शुरु

रुपन्देही । लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालय, यातायात ब्यवस्था कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमति पत्र सेवा शुरु गरेको छ । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट यो सेवा शुरु गरिएको हो ।

नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट सवारी चालक अनुमतिपत्रबाट परीक्षणकालीन सवारी चालक अनुमति पत्र सेवा सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सवारी पत्र प्रिन्ट गरि औपचारिक रुपमा सेवा सुरु गरेका हुन् ।

१० जना सेवाग्राहीलाई सवारी चालक प्रमाणपत्र हस्तान्तरण गरि सेवा सुरु गरिएको हो । सेवा सुरु भएसंगै आफुहरुलाइ खुसी लागेको सेवाग्राही देवनारायण चौधरीले बताए ।

नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट यो सेवा शुरु गरेको दाबी गरिएको छ । धेरै सेवाग्राहीबाट समस्याको गुनासो आईरहेकोले परिक्षणका रुपमा सेवा शुरु गरिएको बताईएको छ । नँया सेवासंगै सेवाग्राहीलाई राहत मिल्ने विश्वास गरिएको लुम्बिनी प्रदेशका श्रम तथा रोजगार मन्त्री पुरमती ढेँगा मगरले बताए ।

नँया सवारी चालक अनुमति पत्र प्रिन्ट गरि सेवा शुरु गरिएको यातायात ब्यवस्था कार्यालयका प्रमुख तेजनारायण यादवले बताए ।

कार्यालयले अबको एक हप्तासम्ममा नविकरणको काम शुरु गर्ने तयारी गरेको छ । त्यसका लागि कार्यालय मार्फत आवश्यक प्राविधिक समेत तयारी भैरहेको जानाकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);