पृथ्वी राजमार्गमा पहिरो जाँदा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पृथ्वी राजमार्गमा पहिरो जाँदा अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । आज बिहानबाटै पहिरो पन्छाउने काम भैरहेको र ठुलो पहिरो गएका कारण केही समय लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);