नारायणगढ मुग्लिन सडक खण्डको जलबीरे र घुमाउनेमा पहिरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नारायणगढ मुग्लिन सडक खण्डको जलबीरे र घुमाउनेमा पहिरो

muglin pahiro

काठमाडौं, २१ साउन । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६ जलवरे र भरतपुर महानगरपालिका–२९ घुमाउनेमा निरन्तर पहिरो खसिरहेको छ । यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सडक आवागमन प्रभावित हुँदै आएको छ ।

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । यस्तै देशका अन्य राजमार्गहरु पनि अबरोध भएका छन् । प्रहरी र सडक विभागका कर्मचारीले पहिरो पन्छाउने काम गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);