पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

mugling-pahiro

चितवन २३ साउन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड आज फेरी अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान सवा ५ बजे सो सडक खण्डमा पहिरो खसेको हो ।

अहिले पनि ठूलो पानी परिरहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकिएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);