बबई नदीले खतराको तह पार गर्यो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

बबई नदीले खतराको तह पार गर्यो

काठमाडौं, २३ साउन । बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको छ । जल तथा मौसम विज्ञान महाशाखाले सो क्षेत्र आसपास सर्तकता अपनाउन आग्रह गरेको छ ।

जलसतहले खतरा तह पार गर्ने सम्भावना बढ्दो रहेकाले बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरू दिउँसो २ बजे सम्म उच्च सतर्कता साथ सुरक्षति रहन आग्रह गरेको छ ।

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार