आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना

barsha

साउन ३, २०८१ बिहीबार काठमाण्डौ – आज कोशी, मधेस, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाकाअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ र यस्तोबेला देशभर एकैपठक ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।

रातिदेखि गण्डकी प्रदेशका केही र कोशी, बाग्मती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा एकसय मिलिमिटर पानी परेको छ ।

ठूलो पानी परेपछि निन्दा खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।

 

Leave a Reply