आजकाे माैसम : यी प्रदेशमा धेरै भारी वर्षा हुने, सतर्क रहन आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजकाे माैसम : यी प्रदेशमा धेरै भारी वर्षा हुने, सतर्क रहन आह्वान

काठमाडाैं । शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकाेमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ । 

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी र बाकी प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन हुन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);