दाङमा बबई नदीले बगाउँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा बबई नदीले बगाउँदा एकको मृत्यु

विकास डाँगी,
दाङ । दाङमा बबई नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका १ निवासी ५० वर्षीय वामदेव देवकोटा रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब १० बजेतिर बबई नदीमा नुहाउने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनी सोही ठाउँमा मलामी गएका थिए । उनलाई नदीले करिब पाँच सय मिटर तल बगाएर दंगीशरण ४ बैवाङमा लगेको प्रहरीले बताएको छ । साथै उनको शवलाई स्थानीयले फेला पारी नदी बाहिर निकालेका थिए ।

त्यस्तै गएरातिदेखि परेको अविरल वर्षाका कारण बंगलाचुली गाउँपालिकामा पहिरो जाँदा ५ घरपरिवार बिस्थापित भएका छन् । पहिरो गए सँगै बंगलाचुली गाउँपालिका २ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्थापित भएको वडा सदस्य भिमकुमार बुढाले जानकारी दिए ।

पहिरोका कारण दिलबहादुर घर्तीको घर भासिएको छ भने अन्य ४ घर बस्न नमिल्ने गरी चिरा परेको उनले जानकारी दिए ।

त्यस्तै दाङमा पनि लगातार ३ दिन वर्षा हुने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले एक सूचना जारी गरी शुक्रबारदेखि ३ दिनसम्म वर्षा हुने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सूचना जारी गरी नदीमा काठ दाउरा लिन पनि नजान आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);