दाङमा संक्रमणबाट एक दिनको फरकमा बाबु छोराको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा संक्रमणबाट एक दिनको फरकमा बाबु छोराको मृत्यु

दाङ । दाङमा कोरोना संक्रमणबाट बाबु छोराको एक दिनको फरकमा मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ हापुरेका पत्रकार लक्ष्मण बस्नेत र उनका बुवा टोप बहादुर बस्नेत रहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

पत्रकार बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए । उनी सरस्वती जनता मावि गंगटेका शिक्षक पनि हुन् । उनको निधनले बबईको सिङ्गो शिक्षाकर्मीहरुलाई भाव बिह्वल बनाएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

पत्रकार बस्नेतलाई बचाउनको लागि प्रेस चौतारी दाङले आर्थिक सहयोगका लागि अभियान चलाएको थियो । कोरोना संक्रमित बस्नेतको ६ दिन अघि रिर्पोट नेगेटिभ आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । उनलाई निमोनिया र स्वास प्रस्वासमा भने समस्या थियो । रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेत करिब २९ दिनदेखि उपचाररत रहेका थिए ।

त्यस्तै उनका बुवा टोपबहादुरको पनि आइतबार भैरहवामा निधन भएको थियो । उनलाई पनि ४ दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत रहेका बस्नेतको निधन प्रति शाखाले दुख व्यक्त गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);