कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ संक्रमितको मृत्यु

विकास डाँगी,

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ । ५ मिनेटको फरकमा मात्रै ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण गाउँपालिकाका १ जना रहेको अस्पतालले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ५२ वर्षीय पुरुषको सोमवार साँझ ८: ४५ बजे, वडा नंं. ६ का ७६ वर्षीय पुरुषको राती १० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

त्यस्तै तुलसीपुर १७ की ५० वर्षीया महिलाको मंगलवार विहान ६: ४५ बजे, वडा नं. १२ का २७ वर्षीया पुरुषको मध्यान्न १२: ३० बजे, वडा नं. ४ की ७० वर्षीया महिलाको दिउँसो २ बजे मृत्यु भएको उनले जानकारी दिए ।

यसैगरी घोराही उपमहानगरपालिका १३ का ४४ वर्षीय पुरुषको मंगलवार मध्यान्न १२:३५ बजे, गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष विहान ८ :२०बजे र दंगीशरण गाउँपालिका ३ का ३१ वर्षीय पुरुष मध्यान्न १२: २५ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);