दाङमा कोरोना संक्रमणबाट वडाध्यक्षकी श्रीमतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङमा कोरोना संक्रमणबाट वडाध्यक्षकी श्रीमतीको मृत्यु

दाङ । कोरोना संक्रमणबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वलीकी ३९ वर्षीया श्रीमतीको मृत्यु भएको बबई गाउँपालिका कोभिड १९ फोकल पर्सन शरद गिरीले जानकारी दिए ।

उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बेलुकी साढे ६ बजे निधन भएको उनले बताए ।

उनमा आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारको लागि शनिबार दाङबाट नेपालगञ्ज लगिएको थियो । बबई गाउँपालिकामा पछिल्लो चरणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्य एकको भेरी आइसोलेशन, एकको कोहलपुर, एक बच्चा सहित ४ को कोरोना विशेष अस्पताल बेलझुण्डी र अन्य होम आइसोलेशनमा रहेको फोकल पर्सन गिरीले बताए ।

यता गाउँपालिकाले पछिल्लो समयमा कोरोनाको महामारी निकै बढेको र यसको रोकथाम हुन नसकेको र यसको नियन्त्रणका लागि सोमबारदेखि लागू हुने गरी हापुरे तथा पालिकाभित्र रहेका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, बिहे, पुजा, तालिम, गोष्ठी, यातायातका साधन अर्को सूचना जारी नहुदाँ सम्म बन्द गर्न आग्रह गरेको छ ।

त्यस्तै गाउँपालिकाले यही बैशाख १० गतेदेखि २४ गते सम्म गाउँपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालयको पठन–पाठन समेत बन्द गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);