संक्रमणबाट सर्लाहीमा थप एक पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संक्रमणबाट सर्लाहीमा थप एक पुरुषको मृत्यु

सर्लाही । कोरोना संक्रमणबाट सर्लाहीमा थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका वडा नं.–५ का ३२ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिरामी परेर उपचारका लागि बिरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल पु-याइएका उनलाई शनिवार स्वासप्रश्वासको समस्या देखिएको र सो अस्पतालमा भेन्टिलेटरको व्यवस्था नभएकोले थप उपचारको लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अस्पतालमा उपचारका क्रममा परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । मृतकको शव नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको डेथ बडी म्यानेजमेन्ट टिमले शनिबार रामनगर गाउँपालिका–५ बिर्ता टोल स्थित कुलोको छेउमा अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।

यसअघि केही दिन पहिले सदरमुकाम मलंगवा नगरपालिका वडा न–३ का ४२ वर्षीय नरेन्द्र कुमार मालीको पनि बिरामी परेर बिरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);