मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाउँदा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाउँदा दुर्घटना

इटहरी । खोटाङ जिल्ला अस्पतालकोे सरकारी नम्बर प्लेटको गाडी मादक पदार्थ सेवन गरेर चलाउँदा दुर्घटनामा परेको छ ।

दुर्घटना पश्चात् पनि दुर्घटना स्थलमा चालकले ट्राफिक प्रहरी र स्थानियमाथि दुव्र्यवहार गरेका थिए । प्रदेश १ ०४ ०००१ झ ००१३ नम्बरको गाडी इटहरीको हलगडामा शनिबार राति १० बजेतिर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको हुँदा एक मोटरसाइकललाई ठक्कर दिएर गाडी सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको स्थानीय बताउँछन् ।

दुर्घटना पश्चात दुर्घटनास्थलमा चालकले प्रहरीलाई समेत अभद्र व्यवहार गरेको बताइएको छ । गाडी अहिले इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख अर्जुन केशीले जानकारी दिए ।

सरकारी गाडीमा मादक पदार्थ सेवन तथा राखिएको अवस्थामा भेटीएपछि जिल्ला समन्वय समिति खोटाङका सभापति ववी चाम्लीङ गाडी छुटाउन इलाका प्रहरी कार्यलय इटहरी पुगेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);