तुलसीपुरमा दुर्घटना न्युनिकरणका लागि 'डमी ट्राफिक'को प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तुलसीपुरमा दुर्घटना न्युनिकरणका लागि ‘डमी ट्राफिक’को प्रयोग

विकास डाँगी
दाङ, २६ माघ ।
उपत्यका पछि दाङको तुलसीपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ३ स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ । ‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने गरी तुलसीपुरको वीरेन्द्र चोक, बसर्पाक जाने पिपलबोटमा र बाहिनी चोकमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिब बहादुर सिंहले बताउनुभयो ।

झट्ट टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिकको नियम पालना गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने र जनशक्ति अभावलाई समेत केही हदसम्म टार्ने भएकाले यो डमी पछिल्लो समय उपयोगी मानिएको उहाँले बताउनुभयो ।

तुलसीपुर बजारमा डमी राखिएको पछि यसले केहिहद सम्म आफुहरुलाई सहयोग मिल्ने तुलसीपुर ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र केसीले बताउनुभयो । तुलसीपुर बजार ठुलो र ट्राफिक प्रहरीको जनशक्ति कमी हुदाँ आफुहरु निरन्तर रुपमा ट्राफिक ब्यवस्थापन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

तुलसीपुर बजारमा ट्राफिक डमीहरु राखेपछि सवारी चालकहरु सचेत हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीले बताउनुभयो । उहाँल रातको समयमा मादक पदार्थ सेवन गरी चलाउन चालकले उक्त डमी देखिपछि डराउन र तिव्र गतिमा चलाउनले पनि गति गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);