नालामा डुबेर बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

नालामा डुबेर बालकको मृत्यु

child death body

राजिव साह
सर्लाही,२६ माघ ।
सर्लाही सदरमुकाम मलंगवामा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मलंगवा नगरपालिका वडा नम्बर १० स्थित नारायण धर्मशालाको अगाडी सडक छेउको नालामा डुबेर लालबन्दी नगरपालिका बस्तिपुर घर भइ हाल मलंगवा नगरपालिका १० मा होटल संचालन गर्दै आएका प्रमोद अधिकारीको १४ महिने छोरा राज अधिकारीको मृत्यु भएको हो ।

शुक्रवार साँझ ६ बजे खेल्ने क्रममा नालामा डुबेर घाइते भएको बालकको स्तुति सौम्या हेल्थ केयर मलंगवामा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाडौ लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको काका प्रकाश अधिकारीले जानकारी दिए ।

सडक निर्माणका क्रममा बनाइएका नालाहरु नछोपेर त्यसै छाडिएका कारण त्यस्मा जमेको पानीमा डुबेर मलंगवामा कयौं स–साना बालबालिकाको मृत्यु भइसकेको छ । तर पनि खुल्ला छाडिएका नालहरु छोप्ने तर्फ नगरपालिकाको ध्यान नगएको कारण स-साना बालबालिकादेखि व्यस्क मानिसहरुको अकालमै ज्यान गइरहेको छ ।

यसतर्फ नगरपालिकाको अविलम्ब ध्यान जानु पर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवशंकर चौधरीले बताउनुभयो ।

Leave a Reply