पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु

mirtu

सर्लाही, २६ चैत । सर्लाहीको बागमती नगरपालिका वडा नं. १२ स्थित बागमती नदीमा डुबेर एक बालकको मृत्यु  भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने संग्राम बलको १२ वर्षीय छोरा समीर बल रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साढे ९ बजे तिर बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा फेला परेका बालकलाई नदीबाट उद्धार गरि उपचारको लागि हरिवन स्थित स्थानीय अस्पतालम लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए।

Leave a Reply

ताजा समाचार