रौतहटको वागमतीमा बेपत्ता भएकाको शव फेला, असारमा मात्रै तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रौतहटको वागमतीमा बेपत्ता भएकाको शव फेला, असारमा मात्रै तीन जनाको मृत्यु

रौतहट।धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान आएका एक जनाको वागमती नदीमा डुबेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित वागमती नदीमा डुबेर बेपत्ता पारस यादवको मृत्यु भएको हो । गत शुक्रबार धनुषा जिल्ला क्षिरेश्वर–५ बाट परिवारसहित पिकनिक खान आएका यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएको र खोजबिन गर्दा उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको थियो ।बुबाआमासहित पिकनिक खान आएका यादव अन्य दुईजनासहित पौडी खेल्न साँझ साढे पाँच बजेतिर वागमती नदीमा पुगेका थिए, तीनजना मध्ये महाराजा जैसवार र अमर यादव नदीबाट पौडिएर बाहिर निस्के पनि यादव भने बेपत्ता भएका थिए । प्रहरीका अनुसार बाग्मती ब्यारेजमा मृत भेटिएका यादवको शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको छ ।

यसअघि पनि दुई भारतीयको वागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत, बिहार सीतामढी जिल्लाका मयंककुमार जयसवाल र गोलुकुमार भन्ने रितेश  साह वागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । केही दिनपछि उनीहरुको शव घटनास्थलभन्दा करिब १५ किलोमिटर दक्षिणतर्फ फेला परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);