डुबेर दुई जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

डुबेर दुई जनाको मृत्यु 

काठमाडौं। सिरहा र पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।

पाल्पाको गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३  वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ ।

डुबेर अचेत अवस्थामा भेटिएका उनको रैनादेवी गाउँपालिका–३ छचुवाबाट उद्दार गरी स्थानीय मेडिकल हुँदै थप उपचारको सोही गाउँपालिका–४ स्थित छहरा बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);