विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु 

काठमाडौं। सिन्धुपाल्चोक, बर्दिया, रुपन्देही र सिरहामा डुबेर पाँच जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारा साँगाचोक गढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमा देबी धिताल र उनकी बहिनीको छोरा ५ वर्षीय विशेष धिताल रहेका छन् । उनीहरुको सोमबार मृत्यु भएको छ । मेलम्ची नगरपालिका–१२ बहुन्नेपाटी र ईन्द्रावती गाउँपालिका–५ जोड्ने झोलुङ्गे पुल तर्ने क्रममा पुलबाट चिप्लेर खोलाले बगाई उनीहरु बेपत्ता भएका थिए ।उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो।

बर्दियाको मधुवन नगरपालिका–५ संगमटोल बस्ने ७३ वर्षीय सालिकराम देवकोटाको आफ्नै घर नजिकको इनारमा डुबेर सोमबार मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोलार बस्ने ८७ वर्षीया मनरूपी थापा मगरको फुल टिप्ने क्रममा सोही ठाउँ चम्कीपुरस्थित कुलोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ।

सिरहाको गोलबजार नगरपालिका–३ मुसहरनिया बस्ने ४५ वर्षीया बिना कुमारी लामाको घर नजिकैको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);