विभिन्न स्थानमा डुबेर तीन जनाको गयो ज्यान  | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

विभिन्न स्थानमा डुबेर तीन जनाको गयो ज्यान 

काठमाडौं। नुवाकोट, दैलेख र बर्दियामा डुबेर तीन जनाको मृत्यु भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ बस्ने सोही वडाकी वडा सदस्य ५५ वर्षीया सुकुमै तामाङको डुबेर मृत्यु भएको छ । सोही नगरपालिका–१० द्वारिका टहरेस्थित बेलकोट खोलाले बगाउँदा मंगलबार दिउँसो उनको मृत्यु भएको हो । खोला तर्ने क्रममा बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलबाट एक किलोमिटर टाढा शव फेला परेको थियो । दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ मटेला बस्ने ३० वर्षीय कृत बहादुर शाहीको खोलाले बगाइ मंगलबार दिउँसो मृत्यु भएको छ ।  प्रहरी चौकी ठाटिकाधँ, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिन्द्रासैनी नगरपालिका–८ स्थित खोलाको छेउमा उनको शव फेला पारेको हो । बर्दियाको बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ११ वर्षीय गणेश कामीको सोही ठाउँस्थित कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बनियाभार र प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);