विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 

death

काठमाडौं। सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको देवानगन्ज गाउँपालिका–२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नहरमा हाल पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । प्युठानको सरुमारानी गाउँपालिका–६ गोधधारास्थित गोधधारा जंगलको भिरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा मंगलबार फेला परेको छ । धादिङको सिद्धलेक गाउँपालिका–६ खरमटारस्थित त्रिशुली नदीमा पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);