विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 

काठमाडौं। चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ मजुवास्थित खकरा खोलाको दहमा हाल पहिचान नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । झापाको कन्काई नगरपालिका–५ तारघेरास्थित सडकमा सोही ठाउँ बस्ने २९ वर्षीया सनती मुर्मु बुधबार मृत अवस्थामा फेला परेकी छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ नाङ्गेजन डाँडा बस्ने ४५ वर्षीया कमला लाम्गादे आफ्नै घर नजिकको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);