राप्ती नदीमा विद्यार्थी सवार डुंगा पल्टियो, तीनको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राप्ती नदीमा विद्यार्थी सवार डुंगा पल्टियो, तीनको अवस्था गम्भिर

दाङ । दाङको लमही नगरपालिका–९ बाट डुंगा चढेर राप्ती नदी पार गरी विद्यालय जान हिडेका विद्याथी सवार डुंगा पल्टिएको छ । दुर्घटनामा परि २५ जना विद्यार्थी घाईते बनेका छन् भने तीनको अवस्था गम्भिर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु डुंगामा सवार गरेर राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका थिए । डुंगा बिहान साढे ९ बजेतिर दुर्घटना भएको थियो । ६÷७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । डुंगा राजपुर गाउँपालिका– ७ राताकाँसका दिनाराम विकले चालाएका थिए । नदिमा डुंगा पल्टिएको देखेपछि स्थानीयहरुले नदिमा पौडी खेलेर विद्यार्थीको उद्धार गरेका थिए । दुर्घटनामा परि गम्भिर घाईते भएका तीन विद्यार्थीको हाल नजिकैको अस्पतालमा उपचार भै रहेको जिप्रका दाङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);