कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका-१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता विक बेपत्ता भएकी हुन् ।

दसैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए । ‘माटो ल्याउन नदीवारि घाटगाउँबाट डुंगा चढेर पारि (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घटना थप विवरण आउन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’

डुंगामा सातजना सवार रहेकोमा एकजना बेपत्ता भएको अन्य पौडिएर सकुशल रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);