बंगलादेशको डुंगा दुर्घटनामा २६ को मृत्यु, ५ को उद्दार, कैयौं बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बंगलादेशको डुंगा दुर्घटनामा २६ को मृत्यु, ५ को उद्दार, कैयौं बेपत्ता

एजेन्सी । बंगलादेशको पद्मा नदीमा भएको डुंगा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको डुंगा बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।

प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुंगा दुर्घटनामा मृत्यु हुने गरेको छ ।

गत अप्रिलमा पनि कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुंगा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);