डुंगा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

डुंगा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

एजेन्सी, २७ भदौ । भारतको मध्य प्रदेश राज्यको भोपालमा गणपति विसर्जनका क्रममा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

गणपति विर्सजनका क्रममा भएको डुंगा दुर्घटनामा ११ जनाको मृत्युसँगै अन्य कैयौं व्यक्ति घाइते भएका जनाइएको छ । अझै पनि २ जना बेपत्ता रहेको समाचार छ ।

उक्त घटना भोपालको चर्चित ताल खाटलापुरा घाटमा भएको हो । घटनापछि डुंगा चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको डुंगाका चालक आकाश बाथम र चङ्गु बाथमविरुद्ध एफआईआर दर्ता गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले घटनाको उच्चस्तरीय जाँचको आदेश दिएका छन् । खाटलापुर घाटमा शुक्रबार बिहान करिब साढे ४ बजे उक्त दुर्घटना भएको हो। प्रदेशका जनसम्पर्क मन्त्री पीसी शर्माले मृतकका परिवारलाई सरकारले प्रतिपरिवार ४ लाख रुपैयाँ दिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);