कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, एक सय बढि बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, एक सय बढि बेपत्ता

एजेन्सी, ४ फागुन । कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कंगोको मानविय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गर्नुभएको हो । उद्दारकर्ताहरुले तीन सय जनालार्ई जिवितै उद्दार गरेको बताएका छन् ।

रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण सो दुर्घटना भएको बताइएको छ ।

गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा डुब्दा दुई बच्चासहित एक महिलाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);