गाम्बियाबाट युरोप जाने डुंगा महासागरमा दुर्घटना : ५८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गाम्बियाबाट युरोप जाने डुंगा महासागरमा दुर्घटना : ५८ जनाको मृत्यु

gambiya jahaj accident

एजेन्सी, २० मंसिर । अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जाने आप्रवासीहरु चढेको डुंगा मौरिटानिया नजिक एटलान्टिक महासागरमा दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको छ ।

गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुंगा दुर्घटना हुँदा ५८ जनाको मृत्युभएको संचार माध्यमहरुले जनाएका छन् । महिला र बालबालिका सहित करिब १ सय ५० जना यात्रु रहेको डुंगा इन्धन र खाद्यान्नका लागि मौरिटानियाको तटीय इलाका आउँदै गरेको बेला दुर्घटना भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका एक अधिकारीले बताएका छन् । डुंगामा धेरै जना समुद्रमै डुबेका करिब ८३ जना आप्रवासीहरु पौडिएर ज्यान जोगाउन सफल भएको जनाइएको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । हालैका वर्षहरुमा युरोप प्रवेश गर्ने प्रयासमा गाम्बियाका सयौं नागरिक समुद्रको कठिन यात्रा गर्ने गरेका छन् । गाम्बियाबाट सन् २०१४ देखि २०१८ को बीचमा मात्र ३५ हजारभन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);