बलात्कार पीडित महिला अदालत जाँदै गर्दा बाटोमै आगो लगाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बलात्कार पीडित महिला अदालत जाँदै गर्दा बाटोमै आगो लगाइयो

एजेन्सी, १९ मंसिर । भारतको उत्तर प्रदेशमा एक २३ वर्षीया ’बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएको छ ।

उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिलालाई मुद्दाको बहस सुन्न अदालत जाँदै गर्दा बिहिबार आगो लगाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

आगो लागेर गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको छ । उत्तर प्रदेशको उन्नाओ जिल्लामा भएको उक्त घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

ती महिलालाई रेल स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गर्दै नजिकैको खेतमा लगेर आगो लगाएका थिए । पक्राउ परेका मध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनाका पनि आरोपित हुन् ।

उक्त घटनाको भारतभरि विरोध भइरहेको छ । केहि दिनअघि मात्रै भारतको दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कारपछि हत्या भएको थियो।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार पछि हत्या भएयता भारतमा महिला विरुद्धका यौन हिंसाको विषयमा गम्भीर बहस हुन थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);