बाँकेको नरैनापुरमा भीषण आगलागी ६० धेरै घर जले, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाँकेको नरैनापुरमा भीषण आगलागी ६० धेरै घर जले, एक घाइते

bus ma aagolagi

बाँके, २१ चैत । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४ खोदावाँ गाउँमा आगलागी भएको हो ।

करिब ५ बजेबाट भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए। ‘नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका ३ वटा दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट पनि एउटा दमकल आउँदैछ ।’ उनले भने –‘अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको छ, गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको छ ।

आगलागीमा परेर एक महिला घाइते भएकी छिन् । घाइते महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको अध्यक्ष अहमद साहले जानकारी दिए ।

उनले भने –‘धेरै जसो फुसको घर भएकोले आगो नियन्त्रणमा ल्याउन कठिनाई भएको हो ।’ आगलागीबाट धेरै क्षति भएकाले तीनै तहका सरकार मिलेर प्रभावित नागरिकलाई सुरक्षित वासस्थानको बन्दोबस्त गर्नुपर्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);