बागलुङको एक फर्निचरमा उद्योगमा आगलागी, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बागलुङको एक फर्निचरमा उद्योगमा आगलागी, २ घाइते

बागलुङ, २९ चैत। बागलुङ बजारको एक फर्निचर उद्योगमा भिषण आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।

आगलागीमा परि बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवा घर भई सोही फर्निचर संचालनगर्दै आएका ३३ वर्षीय केशव हरिजन र वडा नम्बर ३ गुठीका ६४ वर्षीय डम्मर बहादुर कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट ३०, विपद व्यवस्थापन गुल्मबाट १७, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा आगो निभाउने प्रयास भएपनि विहान ८ बजे मात्रै नियन्त्रणमा आएको सूचना अधिकारी हवारीले जानकारी दिए ।

आगलागीमा फर्निचरको उद्योग जलेर नष्ट हुँदा १५ लाख, आगालागी नजिकै रहेको डम्बर बहादुर कार्कीको घरको झ्यालढोका लगाएत अन्यमा क्षति हुँदा दुई लाख र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लालबहादुर थापाको कोठामा जल्दा साढे एक लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);