बागलुङको जैमिनी नगरपालिकामा पहिरो, दुई जनाको मृत्यु, ७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बागलुङको जैमिनी नगरपालिकामा पहिरो, दुई जनाको मृत्यु, ७ जना घाइते

बागलुङ, २८ भदौ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १ र ५ का ४ घर पुरिदा २ जनाको मृत्यु भएको छ ।

शनिबार राति परेको वर्षासँगै खसेको पहिरोले घर भत्किदा वडा नम्बर १ कुश्मीशेराकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको छ भने उनका ७० वर्षीय श्रीमान मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । उक्त स्थानमा अन्य २ घरपनि पहिरोले क्षती पुर्याएको बताइएको छ ।

यसै गरी सोहि नगरपालिका–५ को बिनामारेको सिम्लेमा पहिरोले एक घर पुरेको छ । पहिरोमा पुरिएर जालपा देवि पौडेलको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);