कालिकोटमा पहिरो जाँदा ६ जनाको मृत्यु, सिन्धुपाल्चोकमा १३ घर पुरियो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कालिकोटमा पहिरो जाँदा ६ जनाको मृत्यु, सिन्धुपाल्चोकमा १३ घर पुरियो

कालीकोट, ३० साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

यसैगरी सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । शुक्रबार बिहान आएको पहिरोले १३ वटा घर पुरिएको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीनरहेको बताइएको छ । पहिरोमा पुरिएका १५ जना भने आफैं निस्किन सफल भएका छन् ।

गत साउन १९ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);