५० प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित हुन शिक्षा मन्त्रालयकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

५० प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित हुन शिक्षा मन्त्रालयकाे निर्देशन

education

काठमाडौं, २९ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ ।

२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो । मन्त्रालयले शिक्षक सेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, केशर पुस्तकालय, राष्ट्रिय किताब खाना शिक्षक, सिटीईभिटी, विश्व विद्यालय अनुदान आयोग र डिल्लीरमण कल्याण स्मारक पुस्तकालयलाई यस्तो निर्देशन दिएको हो ।

यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना, सीटीईभीटी परियोजना, मन्त्रालयअन्तर्गतका सबै महाशाखा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय पुस्तकालय, चिकित्सा शिक्षा आयोग र जनक शिक्षा सामग्री केन्द्रलाई आधा भन्दा कम कर्मचारीबाट कार्यालय सञ्चालन गर्न मन्त्रालयलले निर्देशन दिएको हो ।

Leave a Reply