बझाङमा पहिरोले घर पुरिँदा चारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बझाङमा पहिरोले घर पुरिँदा चारको मृत्यु

बझाङ, ५ साउन । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना सहित चार जनाको मृत्यु भएको छ । शनिबार दिउँसो पहिरो झरेपछि खप्तड छान्ना गाउँपालिका–६ बयानामा चौतारीमा बसिरहेके दुईजना घाइते भएका छन् ।

पहिरोमा परी खप्तड छान्ना गाउँपालिका ६ बयानाका ५२ वर्षीया उजेलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी र महेश्वरीकी ६ वर्षिय छोरा कृष्णको मृत्यु भएको हो ।

सोही गाउँका २० बर्षिया मंगल थापाको पनि पहिरो मै पुरिएर मृत्यु भएको छ । पहिरोमा परेर पाँच वर्षका दुई बालक कविराज थापा र रिकेश थापा घाइते भएको बझाङ प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);