कानुनको उल्लंघन हुने क्रियाकलापमा संलग्न नहुन प्रहरीको अपिल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कानुनको उल्लंघन हुने क्रियाकलापमा संलग्न नहुन प्रहरीको अपिल

nepal police

काठमाडौं, ५ साउन । नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उल्लंघन हुने क्रियाकलापमा संलग्न नहुन अपिल गरेको छ ।

शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालनातर्फ सर्वसाधरणाई सचेत गराएको हो । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि संचालन गर्न गराउन सबैसँग आग्रह गरे ।

शनिबार तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको उनले दाबी गरे । वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रर्दशनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उनको स्पष्टोक्ति छ ।

शनिबार राजधानीमा तरुण दलले गरेको प्रर्दशनमा प्रहरीसँग झडप हुँदा ११ प्रहरीसहित ३० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);