मूल्य वृद्धिको विरोधमा तरुण दलको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मूल्य वृद्धिको विरोधमा तरुण दलको प्रदर्शन

काठमाडौं, १३ असार । मूल्य वृद्धि फिर्ता लिन दवाव दिँदै प्रमुख प्रतिपक्ष दल काँग्रेस निकट नेपाल तरुण दलले पनि काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल तरुण दलले पनि बुधबारबाट काठमाडौंमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन सुरु गरेको हो । बुधबार अपरान्ह रत्नपार्कमा भेला भएका तरुण दलका नेता, कार्यकर्ताहरुले मूल्य वृद्धि तत्काल फिर्ता नगरे सरकारविरुद्ध देशभर सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

सरकारले मूल्य वृद्धि, संविधान विपरितका गतिविधि लगायतको जनविरोधि कामलाई अघि बढाएपछि त्यसको विरोधमा प्रर्दशनमा उत्रनु परेको नेपाल तरण दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए । उनले सरकारलाई दम्भ छोडेर जन भावना अनुसार चल्न पनि चेतावनी दिए ।

मूल्य वृद्धि फिर्ता गर्न माग गरेको व्यानर तथा प्लेकार्डहरुसहित प्रर्दशनमा उत्रिएका उनीहरुले निरंकुश बनेको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि मूल्य वृद्धिको विरोध गर्दै सरकारविरुद्ध सडक संघर्ष गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);