सुनकाण्डमा संलग्न उच्च तहका व्यक्ति छिट्टै कानुनी दायरामा आउँछन् : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनकाण्डमा संलग्न उच्च तहका व्यक्ति छिट्टै कानुनी दायरामा आउँछन् : गृहमन्त्री

काठमाडौं, १३ असार । गृहमन्त्री राम बहादुर थापाले सुनकाण्डमा संलग्न उच्च तहका व्यक्तिलाई पनि छिट्टै कानुनी दायरामा ल्याईने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री थापाले उच्च निकायका व्यक्तिहरु पनि अनुसन्धानको घेरामा आएकाले अनुसन्धानपछि कानुनी दायरामा ल्याउने बताए।

४ बर्ष यता ३८ क्वीइन्टल सुन तस्करी भएको र त्यसमा उच्च राजनीतिक र गृहप्रशासनको संलग्नता हुन सक्ने तर्फ सांसदले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री थापाले अध्ययन अनुसन्धान र छानविनपछि उच्च तहका पात्रहरु पनि कानुनको घेरामा आउने प्रतिवद्धता जाहेर गरे ।

सिमा सुरक्षा र संभावित अतिक्रमण रोक्न आवश्यक व्यवस्था मिलाईएको भन्दै उनले आगामी बर्ष १० वटा सिमासुरक्षा पोष्ट विस्तार गर्ने लक्ष सरकारले लिएको बताए ।

उनले नेपाल प्रहरीको थप दरबन्दी श्रृजना गरिएकाले दरबन्दी विस्तार पछि मुलुकका सबै स्थानीय तहमा प्रहरी पोष्ट स्थापना हुने प्रतिवद्धता जाहेर गरे । त्यसैगरी प्रहरी संगठनलाई आधुनिकीकरण गर्ने तर्फ पनि योजना तय गरिएको उनले जानकारी दिए ।

मन्त्री थापाले सम्झौताहरु पालना नगरी विकास निर्माणका काम अलपत्र पार्ने ठुला साना सबै ठेकेदारलाई कारवाही गरिने बताए । उनले विदेशी राजदुतले विभिन्न जिल्लामा गएर आफुखुसी विकास निर्माणमा खर्च गर्न नसक्ने व्यवस्था कानुनमा नै स्पष्ट भएकाले त्यसो भएको भए छानविन गरेर रोकिने प्रतिद्धता जनाए ।

उनले शान्ति, स्थायित्व सुशासन कायम गराउनु सरकारको दायित्व भएको र त्यस दायित्व पुरा गर्न सरकार प्रतिवद्ध रहेको बताए । सामाजिक अपराध र विभेदको अन्त्यको बारेमा शान्ति सुरक्षाको वातावरण मिलाई समृद्धिको बाटोमा रहेका सबै किसिमका हिंसा विरुद्ध कानुनको प्रभावकारी कार्यान्वयनका लागि थप व्यवस्था गरिएको उल्लेख गर्दै उनले बझाङ्ग लगायतका जिल्लामा भएका महिला हिंसाका घटनाको छानबिन भईरहेको बताए ।

आपराधिक गतिविधि नियन्त्रणका लागि कानुन बमोजिम प्रशासनिक निकायलाई थप प्रभावकारी बनाईएको, भ्रष्ट्राचार कुकृति र जनविरोधी क्रियाकलापलाई निष्तेज पार्ने काम सुरु भईसकेको उल्लेख गर्दे उनले अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताए।

मन्त्री थापाले विपत व्यवस्थापनका लागि २४ सै घण्टा तयार रहने गरि मनसुन आपतकालिन योजना २०७५ तयार गरी लागु भईसकेको तथा आन्तरिक सुरक्षा तथा सुव्यवस्था ऐन र गृह प्रशासन ऐन तर्जुमाको गतिलाई तिब्रता दिईएको जानकारी दिए । कारागारको भौतिक संरचना र अन्य संरचनामा सुधारको काम भईरहेको पनि उनले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);