निर्मला पन्तको घटनालाई राजनीतिकरण गर्न खोजीयो : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्मला पन्तको घटनालाई राजनीतिकरण गर्न खोजीयो : गृहमन्त्री थापा

grihamantri badal

चितवन, १७ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् । बुधवार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग गृहमन्त्री थापाले सरकारले सो घटनाका सम्बन्धमा छानवीन गरिरहँदा पनि त्यसलाई उचालेर राजनीतिक रुप दिन खोजिएको दाबी गरे ।

गृहमन्त्री थापाले सो घटनाका दोषीलाई कानुनी कार्वाही गर्न अझै केही समय लाग्ने पनि बताए । उनले ‘कयौं अपराधका घटनामा संलग्नहरु १३ वर्ष पछि पनि समातिएका भन्दै सरकारले चाहदाचाहादै कतिपय घटनाका दोषी पत्ता लाग्न समय लाग्ने बताए ।

गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका जघन्य अपराधका ९० प्रतिशत भन्दा बढि घटनाका दोषीलाई सरकारले कार्वाही गरेको र निर्मला प्रकरणका दोषीलाई पनि छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता दोहोर्याए ।

गृहमन्त्री थापाले सरकारले मुलुकको समृद्धिका लागि महत्वपूर्ण आधारहरु तयार पारेको दावी पनि गरे । उनले भारत र चीनसँग मुलुकको समृद्धिका लागि सरकारले महत्वपूर्ण समझदारी गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);