‘मासुभात खुवाएर राजधानीमा जनता उतार्ने सरकार कोरोना कहरमा कता हराएको थियो’: डिला संग्रौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘मासुभात खुवाएर राजधानीमा जनता उतार्ने सरकार कोरोना कहरमा कता हराएको थियो’: डिला संग्रौला

धनगढी, १ फागुन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अहिले राजधानीमा मासुभात खुवाएर मान्छे उतार्न सक्ने सरकार कोरोना कहरमा कता हराएको भन्दै प्रश्न गर्नु भएको छ । कोरोना कहरामा नेपाली स्वदेश फर्कन समस्या भएकोले सिमानमा अलपत्र रहेका बेला सरकार र नेकपाका नेता सत्ता र कुर्सीको झगडामा व्यस्त रहेको आरोप लगाउनु भएको हो ।

जनताले नेकपाले केही गर्न सक्छ की भनेर दुई तिहाई नजिकको बहुमत दिएर सरकारमा पठायो तर, के दियो जनतालाई धोका ” नेतृ संग्रौलाको प्रश्न थियो । शनिबार नेपाल प्रेस युनियन कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले अब जनता नेकपा पार्टीबाट नै तर्सिएको दाबी गर्नुभयो । नेकपा र केपी सरकारको विरुद्धामा तेस्रो चरणको आन्दोलन फागुन ३ गते सुरु हुने पनि उहाँले उल्लेख गर्नूभयो ।

बैतडी भागरथी भट्ट घटना प्रशंगमा बोल्दै नेता संग्रौलाले देशमा महिलाहरुले खुलेर हिड्न सक्ने वातावरण नभएको बताउनुभयो । अवोध बालिका भट्टको बलात्कार पछि हत्याको घटना अहिले सम्म पनि पत्ता नलाउनु सरकार शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाउनुभयो । बलात्कारपछि हत्यामा संलग्नलाई चाँडै पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग समेत गर्नुभयो ।

देशमा हत्याहिंसा र बलात्कारका घटना बढिरहेको छ निर्मला पन्तको घटना पनि ओझेलमै छ’ उहाँले भन्नुभयो–‘ भागरथी घटनाको दोषीलाई कठघरामा नउभ्यादा सम्म महिलाहरुको सडक संघर्ष जारी रहन्छ ।’

हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने उहाँकोे भनाई छ । घटना भएको धेरै दिन बितिसक्दा पनि सरकारले दोषीलाई कानुनीमा दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उहाँले उल्लेख गर्नुभयो । नेतृ संग्रौलाले सुदूरपश्चिम सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्नुपर्ने पनि जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);