नयाँ वर्षसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : डिला संग्रौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नयाँ वर्षसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : डिला संग्रौला

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसकी सासंद डा. डिला संग्रौलाले नयाँ वर्षसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छिन् ।

नेता संग्रौलाले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकार माओवादी र जसपालाई मिलाएर बन्ने तयारी भएको इमाउन्टेन टिभीलाई बताएकी हुन् । कांग्रेसको नेतृत्वमा नयाँ बन्ने सरकारको लागि माओवादीले स्विकार गरिसकेको र जसपा आधिकारीक धारणा लिएर आउने अवस्थामा रहेको उनको भनाई छ ।

सांसद डा. संग्रौलाले नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले प्रधानमन्त्री ओलीको शासन गर्ने बैधता हराईसकेको र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरिसकेकोले कांग्रेस दुविधामा रहेको भन्ने कुरा हल्ला मात्र भएको बताईन् ।

अब बन्ने कांग्रेसको नयाँ सरकारको मुख्य काम चाँडै आउने स्थानीय निर्वाचन र प्रदेशको निर्वाचन गराउने, ओली सरकारले कोरोनाको समयमा जनतालाई सरकार भएको महशुस गराउन नसकेकोले अब बन्ने सरकारले जनतालाई स्वास्थ्य उपचार र राहत उपलब्ध गराउने नेतृ संग्रौलाको दाबी छ ।

यसका साथै धरासायी अवस्थामा रहेको शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको पुर्नउत्थान गर्ने, शान्ति अमन चैन र मानव अधिकारको सुनिश्चतता गर्ने, दण्डहिनताको अन्त्य गर्ने, प्रदेश र स्थानीय तह संचालनका लागि आवश्यक कानुन निर्माण गर्ने तथा सुशासन कामय गरिने पनि उनले बताईन् ।

कांग्रेसको भोलि बस्ने केन्द्रिय समितिको बैठकबाट चौधौं महाधिवेशनको वैधता, विद्यमान क्यालेन्डर र क्रियाशिल सदस्यको नवीकरण र वितरण तथा अब बन्ने सरकारमा कांग्रेसले खेल्ने भुमिका बारे थप स्पष्टता पार्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);