अबको नेतृत्व कांग्रेसको हुनुपर्नेमा शशांकको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अबको नेतृत्व कांग्रेसको हुनुपर्नेमा शशांकको जोड

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताएका हुन् । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको उनले उल्लेख गरे ।

सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ : गगन

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले पनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिए । नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताए ।

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाई छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको टिप्पणी गरे । नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);