कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने हाे : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने हाे : नेता पौडेल

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् । शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीमा आउने अवरोध आफूहरुको असफलता हुने भन्दै कांग्रेसले अरु आंकाक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन्।

उनले संसदीय प्रणालीको संरक्षक कांग्रेस भएको पनि उल्लेख गरेका छन्। उनले भने ‘संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफुलाई केन्द्रीत गरौँ । हामीले त्यो भन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ । अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो ।’

संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम आफूहरुले गर्न नहुने उनको भनाई छ । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेस आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राखेका छन्। नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराएका छन्।

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निष्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताए । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उनले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);