देशको परिस्थिति अनिश्चित बनाउन देशी विदेशी खेल चल्दैछ : वरिष्ठ नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

देशको परिस्थिति अनिश्चित बनाउन देशी विदेशी खेल चल्दैछ : वरिष्ठ नेता पौडेल

जनकपुरधाम, १२ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेपनि देशको परिस्थिति अझै भएको बताएका छन् ।

बुधबार जनकपुरधाममा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने ‘देशको परिस्थिति अनिश्चित हुनमा दुई-तीनवटा कारण छ, नेपालको राजनीतिलाई अनिश्चित गराउने देशी—विदेशी षड्यन्त्र चलिरहेको छ । जसले गर्दा अब त ढुक्क भइयो भन्ने अवस्था छैन । ७० वर्षमा हामीले संविधान सभाबाट संविधान बनाइयो ।’

उनले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई अत्याधिक बहुमतबाट संसदमा पठाएको सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र अस्थिरताको अन्त्य हुन्छ सपना देखेकाले कम्युनिष्टले जति सक्छ समृद्धि ल्याउने, गरिबी हटाउने, रोजगारी हटाउने र देशलाई सशासन दिनु पर्ने बताउँदै यस्तो कार्यमा काँग्रेसले कुनै किसिमको अवरोध नगर्ने बताएका छन् । कांग्रसले विकासका काममा हुने अवरोध नगरी बेलाबेलामा सचेत मात्र गराउने र पाँचवर्षमा एक्कैचोटी हिसाव लिने बताए ।

सर्वोच्चको फैसलाले देशलाई ठूलो दुर्घटना र संकटबाट बचाएको नेता पौडेलको भनाई छ । उनले अब नेपाली कांग्रेसले राजनीतिमा निर्णयकारी भूमिका खेल्नुपर्ने अवस्था आएको बताएका छन् । देशलाई कसरी जोगाउन महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);