देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सबैले हातेमालो गर्न आवश्यक छ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सबैले हातेमालो गर्न आवश्यक छ : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनतिर लागेको बताएका छन् । बिहीबार सम्पादकहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले यस्तो बताएका हुन् ।

उनले देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएकोले सबैले हातेमालो गर्न आवश्यक रहेको जिकिर गरेका हुन् । नेता नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले संसद विघटन गरेको बताए ।

उनले संसद विघटन गर्नु र हुन नसक्ने चुनावको घोषणा गर्नु समेत प्रधानमन्त्री ओलीको अहंकार मात्र भएको बताए छन् । उनले भएका त्रुटि कमजोरीलाई सुधार गर्न कोर्स करेक्सन गर्न सकिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);