सर्वदलीय बैठकको निष्कर्ष : लोकतन्त्र र संविधान जोगाउने जिम्मा दलहरुको काँधमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सर्वदलीय बैठकको निष्कर्ष : लोकतन्त्र र संविधान जोगाउने जिम्मा दलहरुको काँधमा

काठमाडौं। संघीय सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकले लोकतन्त्र र संविधान खतरामा रहेको निष्कर्ष निकालेको छ। शुक्रबार नयाँ बानेश्वर स्थित संसद भवनमा भएको बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गंम्भिर खतरामा रहेको भन्दै त्यस्को बचाउ गर्न सवै दलहरु एक हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यस्लाई बचाउ गर्न राजनीतिक दलहरु एक ठाउमा हुन सबै दलहरु सहमत भएको बताए । उनले भने ‘अहिले लोकतन्त्र धरापमा परेको छ ।

पटक पटक संसद विघटन भएको छ त्यस्तो गैर संवैधानिक कदमबाट देश बचाउनुपर्नेमा सवै दलहरुको सहमति भएको उनको तर्क रहेको थियो । नेता भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको समेत जानकारी गराएका छन् ।

त्यस्तै , जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको आस्था सर्वोच्चमा रहेको भन्दै लोकतन्त्रमाथि भइरहेको पटक पटकको हमला अनत्य गर्न सवै लोकतान्त्रिक पार्टी एक ठाउँमा हुनुपर्ने सहमति भएको जानकारी दिएका छन् । सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, नेमकिपाका नेता प्रेम सुवाल र जनमोर्चा नेतृ दुर्ग पौडेल लगाएतका नेताहरुको सहमागी रहेको थियो ।

तर सत्ता पक्षबाट कुनै पनि मन्त्री तथा सांसद सहभागी भएका थिएनन्। बैठकमा उपस्थित नेता तथा पूर्वप्रधानमन्त्रीले सभामुख सापकोटालाई सभामुखको भूमिका महत्वपूर्ण रहेको भन्दै लोकतन्त्र र संविधान जोगाउनको लागि निरन्तरता दिन अपिल गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);