एमाले फुटाउन अध्यादेश ल्याएको पुष्टि (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले फुटाउन अध्यादेश ल्याएको पुष्टि (एक रिपोर्ट)

देउवा नेतृत्वको सरकारले माधव नेपाल पक्षलाई तत्कालिन नेकपा एमालेबाट विभाजन हुन सहज हुनेगरी ल्याएको अध्यादेश अन्ततः खारेज गरेको छ ।

अध्यादेशले राजनीतिक अस्थिरता ल्याउने भन्दै गठबन्धनका दलहरुविचनै अध्यादेश फिर्ता गर्ने सहमति भएपछि अब मन्त्रीपरिषद्ले पुर्णता पाउने बाटो खुलेको छ । तर संसद छलेर अध्यादेश जारी गर्ने र राजनीतिक दाउपेचका लागि जस्तोसुकै कदम उठाउने सरकारको नियतले लोकतन्त्र र संविधानवादनै खतरामा परेको विश्लेषण हुन थालेको छ ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी ल्याएको अध्यादेश मन्त्रीपरिषद् विस्तारमै गलपासो बनेपछि अन्ततः खारेज गरेको छ ।

दल विभाजन अध्यादेश जारी भएलगतै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

नेकपा एमाले र जसपा विभाजन भैसकेपछि अध्यादेश फिर्ता हुनुबाट यो कदम निश्चित दल लक्षित रहेको आरोप लाग्न थालेको छ । सरकारले एमाले विभाजन गर्ने उद्देश्यले अनावश्यक अध्यादेश ल्याएको र अधिकारको दुरुपयोग गरेको नेकपा एमालेका नेता नवराज सिलवालले बताए ।

निरन्तरको दवाव दिएर सरकारलाई अध्यादेश खारेज गर्न बाध्य पारेपछि अहिले जसपालाई भने हाईसञ्चो भएको छ । अध्यादेश कायमै राखेर सरकारमा जाँदा असन्तुष्ट पक्षले फेरी पार्टी विभाजन गर्नसक्ने बुझेर अध्यक्ष उपेन्द्र यादव अध्यादेश फिर्ता पक्षमा अडिग हुनुहुन्थ्यो ।

आफ्नो पार्टी पहिलेदेखिनै उक्त अध्यादेश जारी गर्न नहुने पक्षमा रहेको र अहिले फिर्ता गरिँदा राजनीतिक हिसावले सहजता महसुुस गरेको जसमा केन्द्रिय सदस्य रेखा यादवले बताईन् ।

सरकारले संसद छलेर अध्यादेश जारी गर्ने र राजनीतिक दाउपेचका लागि जस्तोसुकै कदम उठाउन पछि नपर्ने प्रक्रियाले निरन्तरता पाउँदा लोकतन्त्र र संविधानवादनै खतरामा परेको विश्लेषण भैरहेको छ ।

राजनीतिक दलहरु सत्ता स्वार्थ र पदमोहमा लिप्त हुँदा जनताका वास्तविक समस्याहरु छायाँमा परेका छन् । गठनको साढे २ महिना बढी भइसक्दा समेत मन्त्रीपरिषद्ले पुर्णता पाउन नसक्नुले सरकारको असक्षमता प्रस्ट भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);