एमालेको अन्तरविवादलाई विभाजनमा पुर्‍याउन अध्यादेश ल्याईयो : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

एमालेको अन्तरविवादलाई विभाजनमा पुर्‍याउन अध्यादेश ल्याईयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अन्तरविवादलाई विभाजनमा पुर्‍याउन अध्यादेश ल्याइएको आरोप लगाएका छन् ।

एमाले विभाजनपछि आयोजना गरिएको पहिलो पत्रकार सम्मेलनमा बुधबार पत्रकारहरुको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

जारी रहेको संसदलाई रातारात अन्त्य गरी एमाले फुटाउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको उनले बताए । संसद चालु नरहेको बेलामा देशमा केही महत्वपूर्ण काम गर्न परेमा अध्यादेश ल्याउने प्रावधान संविधानमा रहेको भएपनि चालु अधिवेशन नै अन्त्य गरी अध्यादेश ल्याएको उनको आरोप छ ।

एमाले फुटाउनका लागि माधव कुमार नेपाल पक्षमा जति सांसदहरु छन् त्यही हिसाबअनुसार नै दल विभाजन सम्बन्धी ऐन संशोधन गरी अध्यादेश ल्याइको उनले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कटाक्ष गर्दै उनले भने–‘माधवकुमार नेपालसँग जति सांसद संख्या चाहिन्छ त्यति आवश्यक हुने भनेर अध्यादेश ल्याएको भए भईहाल्थ्यो, त्यो लेख्न चाँही किन हिचकिचाएको हो ?’

सरकारले भदौ २ गते दल विभाजन सम्बन्धी ऐन संशोधन गरी अध्यादेश जारी गरेको थियो । जस अनुसार दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलका २० प्रतिशत समर्थन भए नयाँ दल दर्ता गर्न पाउने छन् ।

सोही अध्यादेशका आधारमा नेपाल पक्ष एमालेबाट टुक्रेर नयाँ दल दर्ता गराएका छन् । नेपाल पक्षले दर्ता गराएको नेकपा एकीकृत समाजवादीको सनाखतका लागि हाल निर्वाचन आयोगमा नेताहरु पुगेका छन् । जसअनुसार आवश्यक संख्या निर्वाचन आयोग पुगेर सशरिर सनाखत गराएमा नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुनेछ ।

Leave a Reply

ताजा समाचार