फुट्दै नेकपा : दल विभाजन सम्बन्धी अध्यादेश नेकपालाई आत्मघाति बन्दै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

फुट्दै नेकपा : दल विभाजन सम्बन्धी अध्यादेश नेकपालाई आत्मघाति बन्दै (भिडियोसहित)

aajko

काठमाडौं, १० वैशाख । आम जनचाहना विपरित नेपालमा राजनितीक दलहरुको टुटफुटको इतीहास निकै लामो र पुरानो छ । अझ कम्युनिष्ट पार्टीहरुलाई हेर्ने हो भने छोटो छोटो समयमा टुट्दै फुट्दै र विभाजित हुँदै स साना पार्टीहरुमा विभक्त भएका देखिन्छन् ।

दुई वर्ष अघि मात्रै नेकपा एमाले र नेकपा माओवादी मिलेर गठन भएको नेकपा फेरी फुटको संघारमा पुगेको छ । पार्टी स्थापनाको सुरुवाती चरणहरुबाट नै समय समयमा पार्टी भित्र विभिन्न विवाद,असन्तुष्टी र किचलो झल्दै अगाडी बढीरहेको नेकपा अन्तत विभाजनको नजिक पुगेको हो ।

सरकार संचालन र पार्टी संचालनको विषयमा लामो समयदेखि मतभेद भएका खबरहरु आईरहेका थिए । भित्रभित्र भूसको आगोजस्तै असन्तुष्टि बढ्दै आएकोमा अहिले भने छताछुल्ला देखिएको छ । सोमबार मात्रै सरकारले पार्टी बिभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याएपछी बिबाद छताछुल्ल भएको हो । पार्टीभित्र छलफल समेत नगरि दल विभाजन सम्बन्धी आत्मघाती अध्यादेश ल्याएको भन्दै नेकपाका नेताहरुले प्रधानमन्त्री केप शर्मा ओलीको चर्को आलोचना गरिरहेका छन ।

माउण्टेनटेलिभिजनको कार्यक्रम ‘आजको सन्दर्भ‘मा कुराकानी गर्दै नेकपाका सांसद एवं पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आफ्नै पार्टीको बिभाजनलाई लक्षीत गरेर यो अध्यादेश ल्याएको बताउनुभयो । पार्टी सारमा फुटीसकेको रुपमा मात्र फुटन बाकीं रहेको उहाँको भनाई छ ।

कार्यक्रमको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);